हिजबुल्लाहद्वारा इजरायली शहरहरूमा रकेट आक्रमण सुरु

एजेन्सी- इजरायलले लेबनानको इरान समर्थित हिजबुल्लाहले आफ्ना शहरहरूमा राति रकेट आक्रमण गरेको बताएको छ। यी आक्रमणहरू उत्तरी इजरायलका किरियत शमोना र अन्य सहरहरूमा गरिएका छन्। एक दिनअघि इजरायल र लेबनानको सीमामा दुई पक्षबीच गोली हानाहान भएको थियो । अर्कोतर्फ हिजबुल्लाहले इजरायलले लगातार लेबनानी गाउँहरूलाई निशाना बनाउँदै आएको र त्यसको बदलामा रकेट आक्रमण गरेको बताएको छ…