लिबियाबाट युरोप जाँदै गरेको डुङ्गा डुब्दा ६० बढी आप्रवासीको मृत्यु

एजेन्सी - लिबियाको तटमा भएको जहाज दुर्घटनामा ६० भन्दा बढी आप्रवासीको डुबेर मृत्यु भएको बताइएको छ । युनाइटेड नेशन्स एजेन्सी इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले बाँचेकाहरूलाई उद्धृत गर्दै शनिबार उक्त जहाज लिबियाको तटीय सहर जुवाराबाट करिब ८६ जना यात्रु लिएर प्रस्थान गरेको बताएको छ। समाचार अनुसार समुद्रको उच्च छालले डुंगा पल्टिँदा बालबालिकासहित ६१ जना…