नयाँ दिल्ली - भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या बढिरहेको छ। पछिल्लो अपडेट अनुसार मृतकको संख्या कम्तीमा २८८ जना पुगेको बीबीसीले जनाएको छ। ओडिशाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ। मृतकको संख्या बढ्न सक्ने भारतीय अधिकारीहरुले बताएका छन्। भारतमा यो शताब्दीकै सबैभन्दा खराब…