इरानमा हिजाब विरोधी प्रदर्शन: तेहरानले बोलायो बेलायत र जर्मन राजदूत

एजेन्सी- इरानले शनिबार फेरि तेहरानस्थित बेलायती राजदूतलाई बोलाएको छ । देशव्यापी विरोध प्रदर्शनले तरंग उत्पन्न गरिरहेका बेला सरकारले तीन महिनाभन्दा कमको अवधिमा १५औँ पटक विदेशी राजदूतलाई बोलाएको हो । विदेश मन्त्रालयले जर्मन राजदूत हान्स युडो मजेललाई बोलाएको एकदिनपछि बेलायती राजदूत साइमन शेरक्लिफलाई बोलाएको राज्य समाचार एजेन्सी आइआरएनएले जनाएको छ । १० साताको अवधिमा १५ पटक…