चट्याङ लागेर नौ जनाको मृत्यु

ढाका - बङ्गलादेशमा आइतबार परेको चट्याङका कारण दुई घण्टाभन्दा कम समयमा नौ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म सुनामगञ्ज, मौलवीबजार र सिलहट जिल्लाका विभिन्न क्षेत्रमा चट्याङ र मेघगर्जनसहित भारी वर्षासमेत भएको थियो । चट्याङका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको बताइएको छ । चट्याङका कारण भएका अधिकांश मृत्युमा…