काबुल - अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीका लागि खोलिएको एक शिक्षा केन्द्रमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विष्फोट पश्चिमी काबुलको दश्त–ए–बर्ची छिमेकमा भएको थियो । अल्पसङ्ख्यक हजारा समुदायको मुख्य रूपमा शिया मुस्लिम क्षेत्रमा अफगानिस्तानको सबैभन्दा घातक आक्रमणहरू हुने गरेको पाइएको छ । विद्यार्थीहरू परीक्षाको तयारी…