कोरियामा थप एक लाख ३८ हजार कोरोना सङ्क्रमित

एजेन्सी - दक्षिण कोरियामा कोरोना भाइरसबाट थप एक लाख ३८ हजार आठ सय १२ जना सङ्क्रमित भएका छन् । दक्षिण कोरियामा पछिल्ला केही हप्ता दैनिक एक लाखभन्दा बढी नयाँ सङ्क्रमित हुने गरेका छन् । योसँगै अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड २० लाख ३७ पुगेको छ । स्वास्थ्य अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार गत हप्ता औसतमा…