एजेन्सी - युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू वासिंगटनतर्फ जाँदै गरेको बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्न सक्ने विभिन्न आँकलनबीच उनले त्यसबारे पुष्टि गरेका हुन् । अमेरिका भ्रमणका क्रममा उनले राष्ट्रपति जो बाइडेनसँग भेट गर्नेछन् । फेब्रुवरीमा रुसले आक्रमण गरेपछि यो उनको पहिलो विदेश भ्रमण हो । ह्वाइट हाउसले पनि यात्राको पुष्टि गरेको छ…