सुडानको जातीय द्वन्द्वमा १५० जनाको मृत्यु

एजेन्सी - सुडानको दक्षिणमा रहेको ब्लू नाइल राज्यमा पछिल्ला दुई दिनमा जातीय द्वन्द्वमा कम्तीमा १५० जनाको मृत्यु भएको बताइएको छ । हालैका महिनाहरूमा यो लडाइँ सबैभन्दा खराब भएको बताइएको छ। गत हप्ता भूमि विवादपछि प्रतिद्वन्द्वी जातीय समूहहरूबीच हिंसा भड्किएको थियो जसमा एक दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । हिंसा नियन्त्रण गर्न रातभर कर्फ्यू लगाइएको…