एजेन्सी - युक्रेनी सशस्त्र बलले एक विज्ञप्ति जारी गर्दै रुसी सेनाले देशको पूर्वी भागमा आफ्ना एकाइहरूमा तीव्र गोलाबारी सुरु गरेको जनाएको छ । रुसले राजधानी किभ नजिकैको बोरिस्पिल र अन्य क्षेत्रका विमानस्थलहरुमा मिसाइल आक्रमण गरेको युक्रेनी सशस्त्र बलले जनाएको छ । युक्रेनी वायुसेनाले रुसले गरेको हवाई आक्रमणविरुद्ध लडिरहेको जनाएको छ । दक्षिणी बन्दरगाह सहर ओडेसामा…