एजेन्सी - पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा आतङ्कवादीहरूले सुरक्षा बललाई निशाना बनाएर गरेको आक्रमणमा एक सैनिकको मृत्यु भएको सेनाले बिहीबार राति विज्ञप्तिमार्फत जनाएको छ। आतङ्ककारीहरूले जिल्लाको दत्तखेल नगर क्षेत्रमा रहेको सैनिक चौकी माथि गोली चलाएका थिए । सेनाको मिडिया विंग इन्टर सर्भिसेज पब्लिक रिलेटिले जनाएअनुसार आक्रमण हुना साथ सैनिकहरूले तुरुन्त प्रतिक्रिया जनाएका…