सुरक्षा कारबाहीमा चार विद्रोही मारिए

एजेन्सी - अफगान सुरक्षा बलले उत्तरी बदख्सान प्रान्तको तागाब जिल्लामा चार विद्रोहीलाई मारेको प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख कारी माजुद्दिन अहमदीले बताएका छन् । तागाब जिल्लाको रबात क्षेत्रमा गरिएको सुरक्षा कारबहीमा तथाकथित प्रतिरोधी मोर्चाका चार सशस्त्र सदस्य मारिएका तथा उनीहरूबाट हतियार कब्जामा लिइएको उनले बताए । गत अगस्टमा अफगानिस्तान कब्जा गरेपछि युद्ध अन्त्यको घोषणा…