एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न निर्देशन दिएका छन् । रूस–यूक्रेन युद्धका कारण विश्व बजारमा आएको इन्धनको अभावसँगै इन्धनको बढ्दो मूल्य समायोजनका लागि उनले सो निर्देशन दिएका हुन् । आउँदो ६ महिनामा सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च १८ करोड ब्यारलसम्म तेल निकालिने अमेरिकी प्रशासनले जनाएको…