खोप कार्डमा मोदीको फोटोः उजुरी गर्ने व्यक्तिलाई उल्टै १ लाख जरिवाना

एजेन्सी- कोभिडको खोप कार्डमा मोदीको फोटो हटाउन माग गर्दै अदालतमा पुगेका व्यक्तिमाथि न्यायाधीशको समय बर्बादी गरेको आरोपमा एक लाख जरिवाना तोकिएको छ । उनको उजुरी राजनीतिक ढंगले अभिप्रेरित भएको भन्दै केरलाको उच्च अदालतले जरिवाना तोकेको हो । ती व्यक्तिले कार्डमा मोदीको फोटो टाँसेर स्वास्थ्य जस्तो क्षेत्रमा सरकारले अनावश्यक प्रचार गरेको भन्दै अदालत पुगेका थिए ।…