तालिबान सत्ता कब्जापछि अफगानिस्तानमा बल्ल खुल्यो एटीएम सेवा

काठमाण्डु - तालिबानले सत्ता कब्जामा लिएपछि पहिलो पटक अफगानिस्तानमा शनिबारदेखि एटीएम सेवाहरू सञ्चालन हुन लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। दा अफगानिस्तान बैंक (डीएबी), अफगानिस्तानको केन्द्रीय बैंकले बिहीबार विज्ञप्तिमार्फत् देशका वाणिज्य बैंकहरूद्वारा एटीएम सेवाहरू पुनः सञ्चालन गरिने जनाएको, खामा प्रेसले उल्लेख गरेको छ। सहकारीसँगको वार्तापछि यो निर्णय भएको हो । अगस्टमा तालिबानले सत्ता कब्जामा लिएपछि एटीएम…