लन्डन - बेलायतमा कोभिडबाट एकै दिन अहिले सम्मकै उच्च संख्यामा संक्रमित भएका छन्। पछिल्लो तथ्यांक अनुसार १ लाख ६ हजार १२२ जनालाई कोभिड भएको छ। ती मध्ये १३ हजार १ सय ८१ जना ओमिक्रोनबाट संक्रमित छन्। बेलायतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ७४ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा बेलायतमा १४० जनाको कोभिडबाट ज्यान गएको छ।…