एजेन्सी – रूसी आक्रमणको क्रममा विश्वको सबैभन्दा ठूलो विमान युक्रेनमा नष्ट भएको छ । युक्रेनको राजधानी किएभ नजिकैको एयरफिल्डमा पार्क गरेर राखिएको विश्वकै ठूलो विमान ‘एन्टोनोभ एएन–२२५’ रुसी आक्रमणको दौरान नष्ट भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् । सोे विमानलाई युक्रनी भाषामा ‘म्रिया’ वा सपनाको नामले चिनिन्छ । ‘रूसले हाम्रो ‘म्रिया’ लाई नष्ट गरेको हुनसक्छ ।…