एजेन्सी- अफगानिस्तानमा तालिबान सत्तामा आएदेखि पत्रकारहरू विरुद्ध ३० भन्दा बढी हिंसात्मक घटनाहरू दर्ता गरिएको स्थानीय सञ्चारमाध्यमले पत्रकार संघलाई उद्धृत गर्दै जानकारी दिएको छ। "अफगानिस्तानको राष्ट्रिय पत्रकार संघले पत्रकारहरूको स्थितिका बारेमा सामान्य मूल्याङ्कन सार्वजनिक गरेको छ। पत्रकारहरू विरुद्ध हिंसाका ३० भन्दा बढी घटनाहरू भएको देखाउँछ," युनियनका प्रमुख मसरूर लुफ्तीले भने। "यी घटनाहरूमध्ये झण्डै ९० प्रतिशत तालिबानसँग…