चीनमा विद्यार्थीलाई लोड हुने गरी होमवर्क दिन नपाइने विधयेक पारित

एजेन्सी – विद्यालय समयपछि दिइने होमवर्कका कारण अधिकांश बालबालिकाले मानसिक बोझ महशुस गर्छन् । यस्तै बोझलाई मध्यनजर गर्दै चीनले एउटा शिक्षासम्बन्धी विधयेक पारित गरेको छ । जसअनुसार कुनै पनि विद्यालयले विद्यार्थीलाई धेरै होमवर्क दिन पाउने छैनन् । चीनको संसद नेसनल पिपुल्स कंग्रेसले नयाँ विधयेक पारित गरेर विद्यार्थीमा होमवर्कको लोड हटाउने कानुनी व्यवस्था गरेको हो ।…