एजेन्सी - प्रशान्त महासागरमा पानीमुनि ज्वालामुखी विस्फोटनपछि सुनामीका कारण टापुराष्ट्र टोंगामा ठूलो क्षति भएको अनुमान गरिएको छ । तर, सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको विवरण सार्वजनिक हुन सकेको छैन् । विस्फोटनले प्रशान्त क्षेत्रका टापुहरूलाई खरानीले ढाकेको र विद्युत् र सञ्चार सम्पर्क विच्छेद भएको प्रारम्भिक विवरणमा जनाइएको छ । ज्वालामुखीले पुर्याएको क्षतिको मूल्यांकनका लागि न्युजील्यान्डले एउटा…