एजेन्सी - एअर मरिशशका कर्मचारीले आफ्नो विमानको शौचालयमा फोहोर फाल्ने भाँडोमा एउटा नवजात शिशु फेला पारेका छन्। म्याडग्यास्करकी एउटी २० वर्षीया युवतीलाई बच्चा जन्माएर उक्त भाडोमा फालेको आशंकामा प्रहरीले पक्राउ गरेको छ । एअर मरिशशको उक्त विमान ज्यानुअरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको जनाइएको छ । विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच…