देश छाडेका राष्ट्रपति असरफ घानीले यूएईमा शरण लिएपछि भनेः म भागेको हैन

एजेन्सी-  अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आफ्नो देशमा शरण लिएको संयुक्त अरब एमिरेट्स (यूएई) ले बताएकाे छ । गत आइतवार तालिबान राजधानी काबुलमा प्रवेश गरेपछि घानीले देश छाडेका थिए । यूएईको विदेश मन्त्रालयले मानवीयताका आधारमा घानी र उनको परिवारलाई स्वागत गरिएको जनाएकाे छ । बुधवार अबेर जारी गरेको एउटा भिडिओमा घानीले आफू देशबाट नभागेको दाबी गर्दै…