न्यूयोर्क - हलिउड फिल्मको सुटिङ सेटमा अभिनेता एलेक बाल्डविनले बन्दुक पड्काउँदा एक जनाको मृत्यु भएको छ ।बिहीबार अमेरिकाको न्यू मेक्सिकोमा फिल्म ‘रस्ट’ छायांकन सेटमा अभिनेता एलेक बाल्डविनले बन्दुक पड्काउँदा छायांकारको मृत्यु भएको छ भने निर्देशक घाइते भएका हुन् । सिनेम्याटोग्राफर हाल्याना हचिनको मृत्यु भएको छ भने निर्देशक जोएल सउजा घाइते भएका भेराइटी म्यागजिनले जनाएको छ…