अमेरिका र यूकेद्वारा अफगानिस्तान छाड्न आफ्ना नागरिकलाई आग्रह

एजेन्सी- सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै संयुक्त राज्य अमेरिका र यूकेले तत्काल अफगानिस्तान छाड्न आफ्ना नागरिकलाई आग्रह गरेका छन् । काबुलस्थित अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट खरिद गर्न नसक्ने अवस्थामा रहेका आफ्ना नागरिकलाई ऋण उपलब्ध गराउने समेत जनाएको छ । आतङ्कवादीहरूले अफगानिस्तानमा हमलाहरू गर्न सक्ने भन्दै गत राति ब्रिटेनको विदेश मन्त्रालयले चेतावनी दिएको थियो ।…