भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

छत्तीसगढ - भारतमा नक्सलवादीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारतको छत्तीसगढ प्रदेश अन्तर्गत पर्ने विजपुरमा शनिबार घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । “छत्तीसगढको सुक्मा—विजपुरमा नक्सल विद्रोहीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ,” स्थानीय प्रहरी प्रमुख कमलोचन कश्यपले भने । घटनामा परी अरु ३१ जना घाइते पनि भएको उनले…