मालीमा दुई फ्रान्सेली सैनिकको मृत्यु

पेरिस – अफ्रिकी मुलुक मालीको उत्तरी क्षेत्रमा सडक किनारामा बिछ्याइएको बिस्फोटक पदार्थ बिस्फोट हुँदा दुई फ्रान्सेली सैनिकको मृत्यु भएको छ । अघिल्लो दिन पनि तीन जना सैनिक यस्तै किसिमबाट मारिएका थिए । सन् २०१३ मा फ्रान्सेली सेना पश्चिमी अफ्रिकी मुलुक मालीमा तैनाथ भएयता ५० जना फ्रान्सेली सैनिकको मृत्यु भएको फ्रान्सेली सैनिक मुख्यालयले जनाएको छ ।…