एजेन्सी- मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको बम विष्फोटमा घाइते भएका छन्।उनी माल्दिभ्सको संसद्का बहालवाला सभामुख पनि हुन्। सत्ताधारी माल्दिभियन डेमोक्र्याटिक पार्टीका समर्थकहरूले बताएअनुसार उनी आफ्नो घरबाहिर रहेको कारमा सवार हुन लाग्दा बिहीवार उक्त विस्फोट भएको थियो। मालदिभ्स प्रहरीले ट्विटमार्फत घटनाबारे जानकारी दिँदै घाइते भएका नाशिदको एक अस्पतालमा उपचार भइरहेको जनाएको छ। अस्पतालका अनुसार…