एजेन्सी- भियतनामले मासुको प्रयोजनका लागि हुने वन्यजन्तुको आयातमा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । कोरोनाभाइरस जस्ता जनावरबाट मानिसमा सर्ने सङ्क्रामक रोगबाट हुने खतराप्रति चासो देखाउँदै वन्यजन्तु बजार बन्द गर्ने निर्णय लिएको सरकारी अधिकारीहरूले बताएका छन् । बिहीबार प्रधानमन्त्री नुग्येन जुआन फुकले हस्ताक्षर गरेको आदेशमा मृत वा जीवित कुनै पनि वन्यजन्तुहरूको आयातमा प्रतिबन्ध लगाइएको जनाइएको छ…