एजेन्सी – भारतको कानपुरमा आठ प्रहरीको हत्याको आरोपमा विकास दुबेलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेशको उज्जैन भन्ने स्थानमा रहेको महाकाल मन्दिरबाट पक्राउ परेका दुबेले कानपुरका आठ जना प्रहरीको हत्या गरेर फरार रहेका थिए । अहिले उनलाई मध्य प्रदेश प्रहरीको हिरासतमा राखिएको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले विकास दुबेको गिरफ्तारीको पुष्टि गरिसकेका छन्…