एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रिसिन विष पठाइएको खुलेको छ । फबीआई र अमेरिकाको सिक्रेट सर्भिसले उक्त विषय प्रकरणबारे अनुसन्धान सुरु गरेका छन् । उक्त विष चिठ्ठिको खामभित्र ह्वाइट हाउसमा पठाइएको हो । परीक्षणका क्रममा उक्त खामभित्र भएको संकास्पष्ट वस्तु विष भएको पत्ता लागेको थियो । उक्त विष क्यानडाबाट पठाइएको आशंका गरिएको छ ।…