एजेन्सी – यमनी सरकार र हुथी विद्रोहीबीच आइतबार स्विट्जरल्याण्डमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको वार्ताबाट एक हजार ८१ बन्दीहरू आदान प्रदान गर्ने सम्झौता भएको यमनका लागि संयुक्त राष्ट्रसंघ विशेष प्रतिनिधि मार्टिन ग्रिफिथ्सले बताएका छन् । ग्रिफिथ्सले स्विजरल्याण्डमा यमनी सरकार र हुथी विद्रोहीबीच एक हप्ता लामो बैठकको समापनपछि उक्त सहमतिबारे आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका हुन्…