काठमाडौं – भारतले लिपुलेक हुँदै मानसरोवरसम्म जाने बाटो एकलौटी उद्घाटन गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक हुँदै मानसरोवरसम्म जाने बाटो उद्घाटन गरेका हुन् । सिंहले सामाजिक सञ्जाल ट्वीटरमा नेपालको सहमतिबिना नेपालकै भूमि हुँदै तिब्बतको मानसरोवरसम्म जाने उक्त बाटोको उद्घाटन शुक्रवार भिडियो कन्फरेन्समार्फत गरिएको उल्लेख गरेका छन् । ‘आज मानसरोवर यात्राको लिंकरोडको उद्घाटन गर्न…