प्रहरीसँगको मुठभेडमा तालिबान समूहका ११ जना लडाकू मारिए

काबुल - अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा प्रहरीसँगको मुठभेडमा कम्तीमा ११ जना तालिबानका सदस्यको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त भिडन्तमा अरु ६ जना तालिबानी घाइते भएका छन् । प्रहरीका अनुसार शुक्रबार राति हेल्मान्ड प्रान्तका नाद अलि, वाशिर र सान्गिन जिल्लाका प्रहरी जाँच चौकीमा तालिबानी समूहले आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो ।…