कोरोना भाइरस दशकौंदेखि जनावरबाट मानिसमा सर्दै आएको अनुमान

एजेन्सी – विश्वभरि विनास मच्चाएको कोरोना भाइरस धेरै वर्ष वा अझ दशकौंदेखि जनावरबाट मानिसमा सर्दै आएको हुनसक्ने एक अध्ययनले देखाएको छ । डिसेम्बरमा चीनको वुहानबाट महामारीका रूपमा फैलिनुभन्दा धेरैअघि मानव समुदायमा यो भाइरस विस्तार भइसकेको हुनसक्ने निश्कर्ष अध्ययनको छ । अमेरिका, बेलायत र अष्ट्रेलियाका अनुसन्धाताले विगतमा देखापरेका यस्तै किसिमका भाइरस र त्यसबारे गरिएको अनुसन्धानका आधारमा…