एजेन्सी – विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नसकिँदै चीनमा नयाँ भाइरस देखा परेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको अन्त्य नहुँदै चीनमा नयाँ भाइरस देखा परेको हो । चीनमा हान्ताभाइरसबाट एक जना पुरुषको ज्यान गएको इन्डियन टाइम्सले जनाएको छ । युन्नान प्रान्तका एक मानिस सोमवार शानदोङ प्रान्तमा जाँदै गर्दा बसमा मरेको समाचारमा…