एजेन्सी – भारतको उडिसाको शहर पुरीमा जिल्ला प्रशासनले भिखारी मुक्त अभियान सुरु गरेको छ । त्यहाँ भीख माग्ने सबै मानिसलाई पुनर्वासका लागि बनाइएको निलाद्रि निलयोमा स्थानान्तरित गरिने छ । यी पुनर्वास केन्द्रमा उनीहरुलाई निःशुल्क खाना, कपडा, ओछ्यान, चिकित्सा तथा अन्य सबै सुविधा उपलव्ध गराइन्छ । यसको खर्च सरकारको तर्फबाट चुनिएका पाँच एनजीओले गरिरहेका छन् ।…