एजेन्सी – भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमण गरेर सडक निर्माण गरेपछि दुई देशबीच विवाद सिर्जना भएको छ । भारतले एकलौटी रुपमा चीनको मानसरोवर जाने सडक उद्घाटन गरेपछि विवाद उत्कर्षमा पुगेको हो । त्यस्तै नेपाल सरकारले भारतद्वारा अतिक्रमित भूमिलाई समेटेर नयाँ नक्सा प्रकाशित गरेको छ । नेपालको नयाँ नक्सालाई भारतले अस्वीकार गरेको छ ।…