एजेन्सी – उत्तर र दक्षिण कोरियाको सीमामा गोली हानाहान भएको छ । दक्षिण कोरियाले स्थानीय समयअनुसार आइतबार बिहान पौने ८ बजेतिर उत्तर कोरियाले आफ्ना सैन्य पोष्टहरूलाई लक्षित गरी गोली हानेको दाबी गरेको छ । जवाफमा दक्षिणले पनि दुई राउन्ड गोली हानेको बीबीसीले उल्लेख गरेको छ । उत्तर कोरियाली नेता किम जोङ उन झन्डै तीन सातापछि…