चीनले चाहेको भए कोरोना विश्वमा फैलिने थिएनः राष्ट्रपति ट्रम्प

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई कोरोना भाइरस फैलाएको आरोप लगाएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चीनविरुद्ध आक्रोश पोखेका हुन् । उनले चीनतर्फ लक्षित गर्दै कोरोनाभाइरस महामारी फैलिनुमा एउटा देशबाहेक अरू कसैलाई जिम्मेवार ठहर्‍याउन नसकिने दाबी गरे। ‘हामी चीनसँग खुशी छैनौं, कोरोनालाई चीनमै रोक्न सकिन्थ्यो, जहाँबाट यो फैलन शुरु भएको थियो,’…