गाजामा युद्धविराम : के द्वन्द्वको घाउ मेटिएला ?

काठमाण्डु- गाजामा घोषणा गरिएको युद्धविराम एउटा महत्वपूर्ण उपलब्धि हो । यो बहुप्रतीक्षित थियो । गत वर्षको मे महिनादेखि नै विभिन्न खालका सम्झौता अघि सारिएका थिए । विलम्बका लागि हमास र इजरायलले एकअर्का दोषारोपण गरेका थिए । हमासले अक्टोबर २०२३ मा इजरायली भूमिमा अप्रत्याशित आक्रमण गर्दा १,२०० जनाजतिको मृत्यु भयो । तीमध्ये अधिकांश व्यक्ति सर्वसाधारण थिए…