एजेन्सी – भारतीय विदेशमन्त्री एस जयशंकरले यथास्थितिमा पाकिस्तानसँग पुनः क्रिकेट सम्बन्ध स्थापित गर्न नसकिने बताएका छन् । एस जयशंकरले एक कार्यक्रममा बोल्दै पाकिस्तानले आतंकवादलाई समर्थन गर्दासम्म भारतले पाकिस्तानसँग क्रिकेट खेल्न राजी नहुने बताए । दुबै देशले अन्तिम पटक सन् २०१२ मा क्रिकेट खेलेका थिए । तर दुबैले अन्तराष्ट्रिय प्रतियोगिता भने एकअर्काविरूद्ध खेल्दै आइरहेका छन् ।…