सी–मोदी दोस्तीलाई सतर्कतापूर्वक हेर्दै साना मुलुक

काठमाडौ‌ - चीनका राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनको हुप्रे प्रान्तको राजधानी उहानमा भएको अनौपचारिक भेटवार्ताले दुई देशबीचको आगामी दुई दशकको सम्बन्धलाई मार्गनिर्शेन गरेको विश्लेषण कूटनीतिज्ञहरूले गरेका छन्। दुई कोरियाली नेताबीच ६५ वर्षदेखिको ‘दुश्मनीलाई दोस्ती’ मा बदल्ने प्रणसहितको भेटघाटले सी–मोदी वार्तालाई ओझेल पारे पनि यसले एसियाली उदीयमान यी दुवै मुलुकका लागि दीर्घकालीन प्रभाव…