एजेन्सी - अफगानिस्तानको काबुलमा बुधवार भएको जीफोरएसको कार्यलयमा भएको आक्रमणमा ११ नेपाली नागरिक घाइते भएको बीबीसीले बताएको छ । ब्रिटिश सुरक्षासम्बन्धी कम्पनी जीफोरएसले घटनामा परेका आफ्ना कर्मचारीका परिवारलाई यसबारे जानकारी गराएको बताएको छ । घटनाको जिम्मेवारी तालिबानले लिएको छ । अफगानिस्तानका एक सरकारी अधिकारीका अनुसार सो घटनामा चार विदेशीसहित कम्तीमा १० जनाको ज्यान गएको थियो…