एजेन्सी– पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा फ्रान्समा आन्दोलन चर्केको छ। शनिबार देशभर १ हजार ६ सय स्थानमा भएका विरोध प्रदर्शनमा १ लाखभन्दा बढी आन्दोलनकारी सहभागी भएको बताइएको छ। फ्रान्सको पेरिसमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि दर्जनौँ सेल अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ। प्रदर्शनमा दर्जनौँ घाइते भएका छन्। राजधानी पेरिसको च्याम्प्स्…