काठमाडाैं–श्रीलंकाली राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद् भंग गरिदिएका छन्। प्रधानमन्त्री रनिल विक्रमसिङ्गलाई हटाउने प्रयासपछि देशमा उत्पन्न राजनीतिक संकटबीच राष्ट्रपतिले शुक्रबार मध्यरातदेखि संसद् भंग गरिदिएका हुन्। अब अागामी जनवरी ५ मा आमनिर्वाचन हुनेछ। यद्यपि राष्ट्रपतिको पछिल्लो कदमलाई सर्वोच्च अदालतमा कानूनी चुनौती दिन सकिनेछ। बर्खास्त गरिएका प्रधानमन्त्री रनिलको पार्टीले त्यस्ता कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ। सिरिसेनाले…