काठमाडौं - भारतको केरला राज्यमा आएको भीषण बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ३२४ पुगेको छ । दुई लाखभन्दा बढी घर परिवार विस्थापित भएका छन्। विस्थापित भएका उनीहरूलाई राज्य सरकारले सुरक्षित स्थानमा लगेर राखेको छ। केरला राज्यका विशेषगरी १३ जिल्ला बाढीपहिरोको प्रकोपमा परेका छन्। त्यहाँको मौसम विभागले ती जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको छ…