अमेरिकी र टर्किस् राष्ट्रपतिबीच सिरियाबारे फोनवार्ता, ट्रम्पले भने ‘सिरियामा क्षेप्यास्त्र हान्न सकिन्छ’

इस्तानबुल- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच सिरियामा जारी रहेको हिंसा अन्त्यका विषयमा बुधबार राति टेलिफोन वार्ता भएको बताइएको छ । उनीरुबीच सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि के कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको बताइएको छ । टर्किस् राष्ट्रपतिको कार्यालयले उक्त टेलिफोन वार्ता भएको जानकारी दिएको छ ।…