मानागुवा- विगत एक हप्तादेखि भइरहेको सरकार विरोधी आन्दोलनका क्रममा निकारागुवामा ३४ जनाको मृत्यु भएको छ । राष्ट्रपति डानियल ओर्टेगा र सामाजिक सुरक्षा पुनरावलोकनसम्वन्धी कानूनका विरुद्धमा भइरहेको आन्दोलनका क्रममा उनीहरुको मृत्यु भएको हो । यही अप्रिल १८ देखि निकारागुवाका विभिन्न ठाउँमा ठूलाठूला प्रदर्शन भएका सञ्चार माध्यमले जनाएका छन् । आन्दोलनकारीले ७२ वर्षीय वामपन्थी नेता र उहाँकी…