काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पछिल्ला नीतिहरूको विरोधमा शनिबार अमेरिकाका विभिन्न सहरहरूमा हजारौं मानिस सडकमा उत्रिएका छन्। उनीहरूले ट्रम्पको सामूहिक निर्वासन योजना, सरकारी जागिर कटौती, कर शुल्क, गाजा तथा युक्रेन सम्बन्धी नीतिहरूको विरोध गरेका छन्। अमेरिकाका सबै ५० राज्यमा फैलिएको यो आन्दोलनले विश्वको ध्यान आकर्षित गरेको छ। बीबीसीका अनुसार यसलाई ‘५०५०१’ नाम दिइएको छ, जसको…