रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण

काठमाण्डु-युक्रेनले रूसमाथि युद्ध शुरु भएको झन्डै तीन वर्षपछि अहिलेसम्मकै ठूलो हवाई आक्रमण गरेको छ । त्यसक्रममा रुसका थुप्रै स्थानहरूमा आक्रमण गरिएको युक्रेनले दावी गरेको छ । युक्रेनको सशस्त्र बलले रुसका थुप्रै स्थानहरूलाई गोलाबारुद तथा रासायनिक संयन्त्रले निशाना साँधेको जनाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । यसमध्ये केही सीमाभन्दा सयौँ किलोमिटर टाढाका स्थानहरू पनि समावेश छन्…